डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् । गृहजिल्ला डोटीको भ्रमणमा रहेका उनले पौडेलमाथि गरिएको गिरफ्तारी निरंकुश सर्वसत्तावादको संकेत भएको बताउँदै तत्काल रिहा गर्न माग गरेका हुन् ।
गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि शिखर समाचारसँग कुरा गर्दै बलायरले नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल माथि गुण्डा र प्रशासन परिचालन गरिएको घटना आपत्तिजनक एवं निन्दनीय रहेको बताए । सत्ताको मातले उन्माद भएको नेकपा सरकारले पौडेललाई गिरफ्तार गरेर प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सडक संघर्षको निम्तो दिएको उनको भनाई छ ।
पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी निन्दनीय रहेको बताउँदै बलायरले तत्काल उहाँलाई रिहा नगरे उत्पन्न हुने परिस्थिति सामनाका लागि ओली सरकार तयार बस्न चेतावनी दिएका छन् ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...