२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
न भौतिक दूरी : न कुनै सावधानी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कोरोना ‘विर्साउने’ सभा

डोटी– खुल्ला चौरमा भीमकाय ‘टेन्ट’ गाँडेर आकर्षक मञ्च तयार पारिएको छ । जहाँ आलिसान सोफा, रोष्टम, टेबल र कुर्सीहरुको प्रबन्ध छ । तोरण, झण्डा र फुलहरुले मञ्च सिङ्गारिएको छ । जसले कुनै अत्यन्त महत्वको सभा हो भन्ने जनाउँ दिन्छ ।

त्यहीँ टेन्टमुनी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बिराजमान छन् । उनका छेउमा लहरै पहिलो संविधान सभाका सदस्य हर्कबहादुर सिँह, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) डोटीका अध्यक्ष चक्र मल्ल, नेकपाका नेता नारद मलासी, प्रदेशसभा सदस्य पूर्णा जोशी, अर्चना गहतराज, दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासी लगायतका दर्जनौ नेताहरु पनि सानशौकतले बसेका छन् ।

दर्शकदीर्घामा अटेसमटेर भएर सयौँ नेताकार्यकर्ताको हुल छ । जहाँ न कुनै भौतिक दूरी कायम गरिएको छ, न कुनै सावधानी अपनाईएको छ । न मास्कको प्रयोग देखिन्छ । हातहातमा हसियाँ हतौडा र सुर्यधारी झण्डाहरु बोकिएका छन् ।

उपर्यूक्त दृश्यले अत्यन्त सामान्य समयमा भईरहेको चुनावी सभाको झल्को दिन्छ । अथवा, जस्तो लाग्छ–कोरोना जितेर उत्सव मनाउदैछन । यो दृश्य मंगलबार दिपायलको हो । जहाँ मुख्यमन्त्री भट्टको उपस्थितीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)डोटीले ‘कार्यकर्ता भेला’का नामबाट यो सभाको आयोजना ग¥यो । कोरोना विर्साउनेगरी आयोजना गरिएको यो भेलामा मुख्यमन्त्रीजस्तो पदमा आसिन व्यक्ती नै सहभागि भए ।

समुदाय स्तरमा धमाधम कोरोनाका संक्रमितहरु भेटिदैछन् । अझैँ सन्त्रास व्यप्त छ । दिनहु देश यसको महामारीमा जकडिदै गईरहेको छ । यही परिस्थितीलाई मध्येनजर गर्दै संघ सरकारले देशव्यापी रुपमा ठुला सभासम्मेलनहरु बन्देज गरेको छ । यद्यपी यसविरुद्ध मुख्यमन्त्री भट्ट सोही निर्णयविरुद्ध हुनेगरी सभामा सहभागि भए ।

‘यस्तो महामारीका बेला मुख्यमन्त्री नै त यसरी सहभागि हुनु नपर्ने हो,’ नेकपाका एक कार्यकर्ताले भने,‘खै के भन्ने ? नेताहरुको स्वभाव नै बुझ्न सकिन्न ।’

यस्तो विषम परिस्थितीमा सरकार पक्ष बढी जिम्मेवार हुनुपर्ने अवस्थामा उल्टै खेलवाडको स्थितीमा उत्रिईरहेको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले बताए । ‘प्रधानमन्त्रीदेखीकै सत्तारुढ दलका नेताहरु महामारीको खेलवाडमा उत्रिईरहेका छन् । यहाँ मुख्यमन्त्री पनि उत्रिए,’ उनले भने,‘महामारीमा पनि राजनीतिक अभिष्ट नछाड्ने कम्युनिष्ट प्रबृत्तिको उदाहरण हुन यी । देश, परिवेश र जनताप्रति अत्यन्त गैह्रजिम्मेवार हर्कत हुन यी ।’ कांग्रेसले महामारीको परिस्थितीलाई हेरेर ठुला कार्यक्रम नगरेको पनि उनले बताए ।

सोमबार पनि दिपायलमै प्रदेश स्तरको सरुवा रोग अस्पतालको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन गर्दा पनि यसैगरी ठुलो सभाको आयोजना गरिएको थियो ।

नेकपा फुट्दैन्ः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद रहेपनि पार्टी नफुट्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले दिपायलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

‘पार्टीमा हालसम्मको समिक्षा, आन्तरिक समस्या समाधान र भविष्यको योजना र रणनीतिका बिषयमा छलफल र बहस भईरहेको छ,’ उनले भने,‘यसले पार्टीलाई झन मजबुत बनाउछ । पार्टी फुट्दैन् ।’ सरकार ढलाउन चाहने कुतत्वले सरकार ढल्ने, पार्टी विभाजन हुने भनेर कुप्रचार गरेको उनले बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर १७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP