काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ।
मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए पनि अन्तिममा बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुन पुग्यो । नेकपा सचिवालय निकट स्रोतका अनुसार नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली सचिवालयको बैठक नै नराख्ने पक्षमा थिए।
उनले बैठकको औचित्य नै नरहेको बताएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वयले त्यसको प्रतिवाद गरेकाले बैठक बस्न सकेको हो। यद्यपि, आजको बैठकमा समेत ओलीले अब बैठक बस्नुको औचित्य नरहेको र दुवै अध्यक्षका प्रस्ताव समेत अस्थायी कमिटीमा लैजान जरुरी नरहेको धारणा राखेको स्रोतले बतायो ।
स्रोतका अनुसार आजको बैठकमा महासचिव विष्णु पौडेल बाहेक सबै सदस्यले सचिवालय बैठक जारी राख्नु पर्ने र बैठकबाटै निकास निकाल्नु पर्ने बताएका छन्।
बैठकमा दुई अध्यक्षबीच आरोप प्रत्यारोप भएको स्रोत बताउँछ।
नेकपा प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार नेकपा सचिवालय बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने छ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...