प्रदेश सरकार शरिरमा भएको गलगाँड
डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय बिषेश कार्यकर्ता भेलाबाट हरि प्रसाद भट्टराईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कविराज जोशी, सचिवमा डबल तिरुवा, कोषाध्यक्षमा मनधरी भट्ट, सह–सचिवमा रामचन्द्र भट्ट चयन भएकाछन् । त्यस्तै सदस्यहरुमा जयराम मल्ल, प्रेम नाथ योगी, परेली नेपाली, शंकर बिक, कृष्ण पुन मगर, शिवराज भट्ट, उमाकान्त जोशी, केशव खड्का, लाल बहादुर बिठाडी, लक्ष्मण भन्डारीलाई चयन गरिएको राष्ट्रिय जनमोर्चा डोटीले जनाएको छ ।
“गणतन्त्रको रक्षा गरौ, प्रदेश सरकार खारेज गरौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नारा सहित सम्पन्न बिषेश कार्यकर्ता भेला राष्ट्रिय जनमोर्चाका सुदूुरपश्चिम प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समितिले देश र स्थानीय तहमा हुने भ्रष्टाचार, बढ्दो महँगीका बिरुद्ध र गणतन्त्रको रक्षाका लागि संगठित भएर कार्यगर्ने योगीले बताए । प्रदेश सरकार शरिरमा रहेको तर काम नलाग्ने गलगाँड भएको बताउँदै त्यसलाई संघीय प्रणालीबाटै हटाउनु पर्ने बताए । योगीले भने,‘प्रदेश सरकार शरिरमा भएको गलगाँड जस्तै हो । यो राज्यको एउटा अंग भए पनि यस्को कुनै काम छैन । मुलुकलाई आर्थिक भार मात्रै परेको छ । प्रदेश संरचना संघीय प्रणलीबाटै हटाउनुपर्छ ।’ प्रदेश सरकारले गर्दा राज्यलाई आर्थिक भार पर्नुका साथै भ्रष्टाचार मौलाएको योगीको भनाई छ ।
डोटी – अहिले नेपाली कांग्रेस आन्दोलनमा होमिरहेको बताउँदै आवश्यक परे जनआन्दोलन गर्न समेत पछि नहट्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं...
सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले...
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...