२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

जनताको घरदैलोमा पूर्वमन्त्री बलायर : स्थानीय भन्छन्,‘कम्युनिष्टलाई भोट दिएर पछुतायौं ।’

डोटी- नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्ला डोटीको भ्रमणमा छन् । गृहजिल्ला प्रवेस गरेसँगै बलायरले बोगटान फुड्सील गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

केन्द्रीय सदस्य बलायर कार्यकर्ता भेटघाट कार्यक्रमको तेस्रो दिन बोगटान फुड्सील गाउँपालिका–२ किपला पुगेको नेपाली कांग्र्रेस डोटीका सचिव नारायण जोशीले जानकारी दिए । बलायरसँगै नेपाली कांग्र्रेस डोटी, गाउँ वडा इकाई कमिटि, भातृ संगठन तथा शुभेच्छुक संगठनका प्रमुख प्रतिनिधिहरुको पनि सहभागीता रहेको छ ।

गाउँमा पसेर कार्यकर्ता भेटघाट मात्र भनई गाउँका अन्य जनताहरुको जनगुनासो, जनजीवीकाका विषयमा पनि अध्ययन गरिरहेको बलायरले बताए । उनले संघ प्रदेश र स्थानीय सरको लगानी, योजनाको अवस्था, विकास निर्माणका कार्य, मौलाउँदो भ्रष्टार, शुसासन, पारदर्शिता, शासनशैली लगायतका विषयमा समेत बुझ्ने मौका मिलेको बताए । नेपाली कांग्रेसको विशेष योगदान र पहलमा जारी विश्वकै उत्कृष्ट संविधान, संविधानको परिकल्पना र त्यसको कार्यान्वयनले ग्रामिण विकट वस्तीका जनतामा परेको प्रभावका बारेमा समेत बुझ्दै कार्यक्रम अघि बढेको बलयारको भनाई छ ।

स्थानीय भन्छन्,‘कम्युनिष्टलाई भोट दिएर पछुतायौं ।’

ग्रामिण बस्ती र त्यहाँका जनताले कांग्रेसको अभाव महशुस गरिरहेको बताउँदै केन्द्रीय सदस्य बलयारले जिल्लामा कांग्रेसका नेता कार्यकर्ताको सक्रियता बढाउने बताए । जनताहरु स्थानीय देखि केन्द्र सम्म कम्युनिष्टले सञ्चालन गरिरहेको सरकारसँग असन्तुष्ट रहेको बताउँदै उनले भने,‘हामिले दुई तीन दिनको अवधिमा कांग्रेस कम्युनिष्ट सबैपार्टीमा आस्थावान जनताहरुलाई भेटेउँ, छलफल गरेउँ, यस क्रममा जनताहरु कम्युनिष्टलाई भोट दिएर सरकारमा पुगाएकोमा पछुतो मानिरहेका छन् ।’

शिखर समाचारसँगको कुराकानीमा बलायरले जनताले कम्युनिष्टका गतिविधि, शासनशैली र व्यवहारका विषयमा मुल्याङ्कन गरिसकेको र केही हदसम्म जनता सचेत रहेकोले मुलुकमा कांग्रेसको विकल्प नरहेको बताए ।

केन्द्रीय सदस्य बलायरलाई गाउँगाउँमा बाजागाजा सहित स्थानीयहरुले स्वागत गरिरहेका छन् । बलायरसँग भेट्ने स्थानीयहरुले नेकपाका जनप्रतिनिधि देखि सांसदहरुले चुनावी घोषणा अनुसार काम नगरेको गुनासो गरेकाछन् । स्थानीयले ग्रामिण क्षेत्रमा कांग्रेस नेतृत्वको उपस्थिति गराउँन सुझाब दिएका छन् । अहिले गाउँमा टाठाबाठा, पावरमा रहेकाहरुका नजिकका आफन्त लगायतका ब्यक्तिको नामै तोकेर बजेट तथा योजना आउने र तीनिहरुले भाग छुट्याउँदै खाने प्रवृद्धी हावी भएकाले यसको विरोध, नियन्त्रण गर्ने मान्छे तथा संस्थाको आवस्यकता रहेको स्थानीयहरु बताउँछन् ।

गाउँपालिका, प्रदेशका योजनाहरु विकास भन्दा पनि कार्यकर्ता , आफन्त र टाठाबाट पाल्नका लागि आउने गरेको स्थानीयको गुनासो छ । योजनाहरुका विषयमा जनताले सोधखोज गर्दा उल्टै धम्कि आउने, प्रार्टीमा सक्रिय हुनु पर्छ भन्ने, मैले ल्याएको योजना हो मैले जे ग¥यो त्यही ठिक छ भन्ने प्रवृद्धीले सोझासाझा मतदाताहरु मारमा परेको स्थानीयको भनाई छ ।

पूर्वमन्त्री बलायर बसेको घरको आगनमा आएका बोगटान फुड्सील गाउँपालिका–२ किपलाका ४३ वर्षीय एकजनाले भने,‘चुनावका बेला भोटकै लागि दिनको ४,५ चोटी नै नेताहरु घरमा आए, कतिपयलाई प्रैसा पनि दिए, खानपिन पनि राम्रै गराए अहिले आएर चुनाव खर्च उठाउनु परेन भनेर गर्नु नगर्नु गरेका छन् । कस्लाई के भन्ने क्म्युनिष्टलाई भोट दिएकोमा आफै पछुतो गर्नुबाहेक केही छैन । अब तपाइहरुकै आश छ । केही गर्नु प¥यो ।’

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशी, महासमिति सदस्य, डिलबहादुर बम, नेविसंघ डोटीका अध्यक्ष गणेश खड्का, महिला नेत्री बिष्ना देवी बम , गाउँ इकाई कमिटि सभापती शेरबहादुर बम, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, लेखक संघ डोटीका अध्यक्ष फडेन्द्र साउँद, नेविसंघका नेता विजय ओझा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ मंसिर १६

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP