२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

पार्टी कार्यालयमा ओलीमाथि आक्रमणको खतरा भन्दै सचिवालय बैठक बालुवाटारमा

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय धुम्बाारहीमा आक्रमणको खतरा भएको भन्दै सचिवालय बैठक बालुवाटारमा सारिएको छ ।

सुरक्षा खतरा रहेको भन्दै पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेपछि नेकपा सचिवालयको बैठक बालुवाटार सारिएको हो ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए ।

“सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएको र महासचिव पौडेल सो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको हो,” एक सचिवालय सदस्यले नेपालखबरसँग भने ।

सचिवालय बैठक मैगलबार दिउँसो १ बजे बस्‍ने भएको छ । मंसिर १३ गते बालुवाटारमा भएको सचिवालय बैठकले मंगलबार धुम्बाराहीमा बैठक राख्ने निर्णय गरेको थियो ।

आजको बैठकमा पाँचै जना सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीले उठाएका प्रश्‍नहरुको संयुक्त जवाफ दिने तयारी गरेका छन् ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १६

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १६

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १६

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP