२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

साझा र विवेकशीलबीच एकिकरणः रवीन्द्र मिश्र अध्यक्ष, मिलन पाण्डे कार्यकारी अध्यक्ष

काठमाण्डु – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले एकताका अन्य विषयमा टुंगो लागिसकेको छ भने नेतृत्वका विषयमा औपचारिक सहमति हुन बाँकी छ ।

विवेकशील नेपाली दलकी संवाद समिति संयोजक समीक्षा बास्कोटाले पार्टीमा रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे कार्यकारी भूमिकासहितको अध्यक्ष रहने बताइन् । ‘मिलनजी कार्यकारी भूमिकासहितको अध्यक्ष रहनुहुन्छ, ’ उनले भनिन् । अहिले एकता हुने सैद्धान्तिक सहमति पारित भइसकेको छ ।

‘वार्ता समितिबाट दुई वटा अध्यक्ष राखेर जाने प्रस्ताव आएको थियो । त्यो प्रस्ताव हामीलाई स्वीकार्य भएन । त्यसले दिने म्यासेज आम पब्लिक र आम पार्टी पंक्तिलाई दिने सन्देश राम्रो जाने भएन । त्यसकारण हामीले वार्ता गरेर यो कुरा टुंगोमा लगाउँ’, साझा पार्टीका एक नेताले काठमाण्डुपाटीसँग भने, ‘एउटै पदमा दुई जना हुँदैन । पहिलो वरियतामा रवीन्द्रजी र दोस्रो वरियतामा मिलनजी हुने भन्ने वार्ता समितिले भनेको छ । हामीले भने रवीन्द्रजी अध्यक्ष र मिलनजी संयोजक रहनुपर्छ भनेका छौं । यो कुरामा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ ।’

दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई यसअघि नै बुझाइ सकिएको छ ।

विगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार्दै तथा जनभावनाको कदर गर्दै असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए ।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ मंसिर १५

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ मंसिर १५

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ मंसिर १५

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP