२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

वडा देखि सिंहदरवार सम्मका कम्रेड भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री बलायर

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए । नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिका–३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकार र नेकपाका जनप्रतिनिधिहरु भ्रष्टाचार गर्नमा माहिर रहेको बताएका हुन् ।

सर्वहारा वर्गका नेता हौं भन्ने कम्युनिष्टहरु सरकारमा गए देखिसर्वहारा वर्ग मात्रै होइन पुरै जनता र देशलाई लुटिरहेको बलायरको रोप छ । नेपालको वर्तमान सरकार कति भ्रष्ट छ भन्ने कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदले स्पष्ट पारेको उनले बताए । मतदाता सरकारको भ्रष्टाचारका कारण पछुताउने अवस्थामा रहेको बताउँदै बलायरले भने,‘जनताको मतले मात्तिएका कम्रेडहरु आफ्नो शासनकालको सुरुवातदेखि नै बैंक भर्न, जग्गा जमिन खरिद गर्न, सम्पती लुकाउनमै बेस्त छन् । वडा देखि सिंहदरवार सम्मका कम्रेडहरु भ्रष्टाचारमा लिप्त छन् । तिनैलाई झण्डै र्दुइतिहाइ मत दिएर सरकारमा पुगाउने जनताहरु पछुताई हरेका छन् ।’ कम्युनिष्टहरु कस्ता हुन्छन् ? इनिहरुको शासन शैली के हुन्छ ? सत्ता पाएपछि के गर्छन भन्नेकुरा स्पस्ट भैसकेकाले अव नेपालमा कम्युनिष्टको आयु नभएको र लोकतान्त्रीक पार्टी कांग्रेसको विकल्लप नरहेको उनले बताए ।

सरकारले गरिरहेका भ्रष्टाचार, तिनका कार्यकर्ताहरुले गरिरहेका अपराध, बदमासीका विरुद्ध जनसमुदाय स्थरबाटै आवाज उठाउनु पर्ने अवस्था आएको बताउँदै जनता सचेत सजग भएर भ्रष्टाचारीहरुलाई गाउँबाटै बहिस्कार गर्नुपर्ने बताए । अहिलेको सरकार आजसम्मकै भ्रष्ट, लाचार, असफल र बदनामित भएको उनले बताए ।

उनले सरकारले कार्यपालीका, न्यायपालिका, अख्तियार, मिडिया लगायतका विशेष स्वतन्त्र अंगहरु समेत नियन्त्रणमा लिएको आरोप लगाए । मतदान गर्नु भनेको आत्मा दिनु सरह भएको बताउँदै बलायरले अबका दिनमा जनताले मतदान गर्दा सचेत र सजग हुनुपर्ने, मतदानको सहिसदुपयोग गर्नु पर्ने बताए । मतदान गलत मान्छे गलत पार्टीका लागि, लोभ प्रलोभनमा विक्रि भयो, प्रयोग भयो भने अहिकै जसरी पछुताउनुको विकल्प नहुने उनको भनाई थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर १५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP