२०७८ बैशाख ५, आईतवार
April 18, 2021, Sunday

राजधानी लगेको पनि होइन, ल्याउन पनि सक्दैन : मुख्यमन्त्री भट्ट

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश राजधानी डोटीमा ल्याउन नसक्ने बताएका छन् । सोमबार सिलगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोग अस्पताल भवनको शिलान्यास पछि मन्तव्य राख्दै मुख्यमन्त्री भट्टले आफुले राजधानी डोटीबाट नलगेको, डोटीमै बनाउन नसकेको र नसक्ने बताएका हुन् ।

मुख्यमन्त्री भट्टले राजधानी तोक्ने जिम्मा बहुमतका आधारमा प्रदेशको सदनलाई दिएकोले आफुले राजधानी डोटीलाई तोक्न नसकेको बताए । उनले भने,‘मैले राजधानी लगेर गएको पनि होएन, ल्याउन पनि सक्ने थिएन र पुनः डोटीलाई राजधानी तोक्न सक्ने अवस्था छैन । राजधानी तोक्ने जिम्मा सदनलाईयो । हामि (सांसद) तीन जनाले केहीगर्न सकेनौं । तीन जनाको मतले मात्रै राजधानी तोक्न सक्ने अवस्था रहेन ।’

सेती सभाहलमा प्रदेश स्तरको निकाय राख्छौं

मुख्यमन्त्री भट्टले साविकको क्षेत्रीय सदरमुकाम राजपुरमा निर्माण भैरहेको सेती सभाहलमा एक दुई महिना भित्रै प्रदेश स्तरको निकाय राख्ने बताएका छन् । वर्षौं देखि करोडौंको लगानिमा निर्माण कार्य भैरहेको उक्त सभाहललाई तत्काल प्रयोग गर्ने गरी प्रदेश स्तरको निकाय राख्ने योजना रहेको उनले बताए ।
‘कार्यक्रमहरु गर्नका लागि अन्यठाउँ छदैछ त्यसको प्रयोग गर्न तत्काल प्रदेश स्तरीय निकाय राख्छौं, मुख्यमन्त्री भट्टले भने,‘राजधानी ल्याउन नसके पनि डोटीमा विकास निर्माणका कार्यहरु, प्रदेश स्तरीय निकायहरु ल्याउँछौं ।’ उनले डोटीमा प्रदेश स्तरीय इन्जिनियरीङ्ग कलेज पनि स्थापनाका लागि पनि पहल भएको बताए ।

मेरो पहलमा अस्पताल आयो

मुख्यमन्त्री भट्टले आफ्नो ब्यक्तिगत पहलमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल डोटीमा ल्याएको दाबी गरे । उनले भने,‘ हस्पीटल निर्माणका लागि २०६३ मा चर्चा चलेपनि यो बीचका यहाँका जनप्रतिनिधिले पहल गरेनन् । पहुँचमा यहाँका नेता नभएका होइनन् । पछिल्लो समय म काठमाण्डौं गएर डोटीमा राजधानी पनि हुनसकेन यो हस्पिटल त्यतै हुनपर्छ भनेर हस्पिटल ल्याए र आज शिलान्यास गरे ।’

अस्पताल बन्दैनकी भनेर सङ्का नगर्न अनुरोध गर्दै मुख्यमन्त्री भट्टले अब चाँडै अस्पताल निर्माण हुने कुरामा ढुक्क हुन आग्रह गरे । यहाँको जनताको माग अनुसार विकास गरिरहेको बताउँदै उनले संघीय सरकारले बजेट नदिए पनि यत्तिको बजेट प्रदेशबाट आफुले पनि छुट्याउन सक्ने भएकाले अस्पताल तोकेकै समयमा बन्ने बताए ।

संघीय सरकारको निर्णय अनुसार आज दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा मुख्यमनत्री भट्टले सरुवा रोगसम्बन्धी ५० शैयाको अस्पतालको शिलान्यास गरेका हुन् । यो सहित डोटीमा एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । देशभर ३९६ अस्पतालको एकै साथ शिलान्यास हुँदैछ ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १५

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १५

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १५

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP