बोगटान- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले लोकतन्त्र संस्थागत गर्न स्व. नेता केशबराज उपाध्यायको महत्वपूर्ण योगदान रहेको बताए । नेपाली कांग्रेस बोगटान फुड्सील गाउँ इकाइ कमिटिले स्व. नेता उपाध्यायको १५औं दिनको पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै बलायरले विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय स्व. नेता उपाध्यायले लोकतन्त्र स्थापनाका लागि महत्वपुर्ण योगदान पु¥याएको बताएका हुन् ।
पञ्चायत, राणा, राजतन्त्र जस्ता व्यवस्था हटाएर मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने नेपाली कांग्रेसको अभियानमा स्व. नेता उपाध्यायको ठुलो योगदान रहेको स्मरण गर्दै केन्द्रीय सदस्य बलायरले स्व. नेता उपाध्यायको शिद्धान्त र आदर्शको राजनीतिले देशमा लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे । उनले इमान्दार, निष्ठावान, त्यागी र संघर्षशील नेता स्व. उपाध्यायको जीवनबाट राजनीतिक नेताहरुले पाठ सिक्नुपर्ने उल्लेख गरे ।
वहुदल पछिका पहिलो जिल्ला विकास समितिका सभापति समेत रहेका स्व. नेता उपाध्यायले जिल्लाको सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको नेता बलायरले बताए । उनले भने, ‘स्व. नेता उपाध्यायले जिल्लाको सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । हामिले उनको योगदान र उनलाई जीवन्त राख्ने कार्यमा लाग्नु पर्छ । राजनीति र समाजसेवा गर्ने व्यक्तिहरुले उहाँको निष्ठा र आदर्शको राजनीतिलाई आत्मसात गरे अग्रजले देखेको सपना र योगदानको कदर हुन्छ र लोकतन्त्र अझै बलियो हुन्छ ।’
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बोगटान फुड्सील गाउँ इकाइ कमिटिका सभापति शेरबहादुर बमले गाउँपालिका तथा जिल्लामा भएका विकास निर्माणका कार्यमा स्व. नेता उपाध्यायको महत्वपूर्ण योगदान रहेको बताए । अहिलेको गाउँपालिका, वडाहरु साविकका गाविसहरुमा स्थापना भएका विद्यालय, स्वास्थ्यचौकी, बाटाघाटा, पुलपुलेसा र विकास निर्माणका आयोजनाहरुमा स्व. नेता उपाध्यायको महत्वपूर्ण योगदान छ नेता बमले भने,‘उहाँको आदर्श, निष्ठा, त्याग र योगदानले उपाध्याय सधैं अमर रहनु हुने छ ।’ उपाध्यायले गाउँको विद्यालयमा पाँच वर्ष सम्म निःशुल्क अध्यापन गरेर शिक्षा क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको बलमे बताए ।
नेपाली कांग्रस डोटीका सचिव नारायण जोशीले अग्रज स्व. नेता उपाध्याय एउटा निष्ठावान, इमान्दार र पार्टीका लागि बफादार नेता भएको बताए । लोकतन्त्र र नेपाली कांग्रेसको शिद्धान्तमा अडिक नेता उपाध्याय इमान्दर र निस्वार्थ छवी भएका ब्यक्ति थिए,जोशिले भने,‘जिल्ला विकास समितिको सभापति हुँदै गर्दा उनलाई आएको कमिसन पारदर्शी रुपमा सामाजिक क्षेत्रमा लगाएको घटनाले उनको छवी झनै उच्च बनाउको थियो ।’
कांग्रेस नेता, शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले पार्टी संगठन निर्माण र विकास निमार्णका कार्यमा स्व. नेता उपाध्यायको महत्वपूर्ण योगदान रहेको बताए । शान्त स्वभावका, मिलनसार, कर्मठ, जनता र राजनीति प्रति वफादार नेता स्व. उपाध्यायको निधनले नेपाली कांग्रेस र नयाँ राजनीतिक पिढिलाई अतुलनीय क्षति पुगेको उनले बताए ।
कांग्रेस र लोकतन्त्रलाई बलियो संस्थागत बनाउँन स्व. नेता उपाध्याएको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै कांग्रेस महाधिवेसन प्रतिनिधि तथा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले स्व. नेता उपाध्यायले देखाएको बाटो, उहाँमा भएको शुद्धता, राजनीतिक शैली, मेहनत र कर्ममा टेकेर उहाँलाई अमर राख्न सकिने बताए । राजनीतिमा मात्रै नभएर समाज सेवामा समेत नेता उपाध्यायको ठुलो योगदान रहेको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, भातृ तथा सुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधि तथा अन्य क्रियाशिल पार्टीका प्रतिनिधिहरुले स्व. नेता उपाध्यायलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
डोटीको बोगटान फुड्सील गाउँपालिका वडा नं. ७ निवासी ७४ वर्षीय नेता उपाध्यायको कार्तिक ३० गते निधन भएको थियो । दमका बिरामी उनको उपचारका क्रममा नेपालगञ्ज स्थित कोहलपुर अस्पतालमा निधन भएको थियो ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...