राष्ट्रीय जनमोर्चाका सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष तथा डोटी सचिव केशब नाथ योगीले भारतले नेपालमा राजतन्त्रका नाममा हिंसा भड्काउन खोजेको आरोप लगाए । जनमोर्चाले संघीयताका विरूद्ध दिपायल आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता योगीले राजतन्त्रका नाममा सडकमा मान्छे उतारेर नेपालीलाई लडाउन खोजेको बताएका हुन् ।
भारतीय जनता पार्टी, मोदी नेतृत्वको सरकार र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी लगायतको टिम राजतन्त्र फर्काउने षडयन्त्रमा लागेको नेता योगीले बताए । ‘नेपाली जनताकाे फेरी एकपटक कत्लयाम गर्न खोजिदैछ नेता योगीले भने,’सुदुरपूर्व सुदूरपश्चिम, तराई, पहाडका जनतालाई लडाएर फेरी हिंसाको सिर्जना गर्ने षड्यन्त्र नेपालमा छ । गणतन्त्र धरापमा छ । यसको नेतृत्व भारतले गरिरहेको छ ।’
गणतन्त्रलाई ख्यारेक गराउन भारतको इसारा र नेपाली रअ अजेण्डको मिलेमतोमा सडकमा राजा आउ देश बचाउ नारा लाग्नु भनेको मुलुकमा हिंसा भित्रिएको र गणतन्त्र धरापमा रहेको संकेत भएको उनको भनाइ थियो ।
प्रदेश कोषाध्यक्ष योगीले वर्तमान सरकारका पालामा युवा वेरोजगारी, महंगी, भ्रष्टाचार मौलाएको र न्याय हराएको बताए । व्याप्त वेरोजगारी हटाउने, महंगी नियन्त्रण गर्ने नाममा कार्यकर्ता पोस्ने कार्य भइरहेको, भ्रष्टाचार गर्ने गराउने कार्यमा सरकार नै संलग्न रहेको बताउँदै नेता योगीले पीडित जनताले न्याय समेत नपाउने गरेको अवस्थामा राष्ट्रिय जनमोर्चा विना स्वार्थ राष्ट्रिय सवालमा जनताका सवालमा विगत देखिनै संघर्षमा रहेको बताए ।
नेपाल जस्तो स्यानो, गरीब मुलुकले संघीयता धान्न नसक्ने भन्दै उनले संघीयता हटाउनुको विकल्प नरहेको बताए । केन्द्र र स्थानीय सरकार नेपालका लागि उपयुक्त भएपनि प्रदेश संरचना भत्काउनु पर्ने नेता योगीले बताए । प्रदेशले गर्दा नेपाललाई ठूलो आर्थिक भार मात्रै परेको तर कुनै उपलब्धि नभएको उनको भनाइ थियो ।
जनताकाे ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र र त्यसै अनुरूप बनेको संघीयताले देशमा एउटा निरंकुश शासक (राज) हटाएर सयौं राजाहरू ल्याएको नेता योगीले बताए । प्रदेशका राजाहरू कार्यकर्ता पोस्न, सरकारी ढुकुटी रित्याउन, भ्रष्टाचार गर्न तल्लीन रहेकाले देशलाई ठूलो आर्थिक भार परेकोले प्रदेश संरचना हटाउनु पर्ने उनको भनाइ छ । उनले राष्ट्रीय जनमोर्चाका मागहरु पूरा नभए जनतालाई विउँझाउँदै संघर्षका कार्यक्रम थप कडा पर्ने चेतावनी दिए ।
सरकारको खोक्रो राष्ट्रबाद नाङ्गियो : नेता थापा
कार्यक्रमममा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सरकारले खोक्रो राष्ट्रवाद नांगिएको बताए । उनले भने,’ केपी वली नेतृत्वको खोक्रो राष्ट्रवाद चुहावट भएको छ । नेपालको ३७ हजार हेक्टर भारत लगायतका मुलुकले कब्जा गर्दा समेत केपी सरकार मौन छ । नेपालको आफ्नै भूमि नक्सामा देखायो भारतको दबाब पछि पुन: हटायो , पाठ्यपुस्तकमा सो नक्सा नराख्न भनियो । सरकार भारत सँग लम्पसार पर्यो ।’
सुदूपश्चिम प्रदेशको नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत तराईका भूभाग भारतले कब्जा गर्दा प्रदेशका मूख्यमन्त्री नबोल्नु दुःखद रहेको नेता थापाले बताए । प्रदेशको भूभाग भारतले पटक – पटक कब्जा गर्दैछ । सीमाका जनता सरकार खोज्दैछन् तर सरकारका मुख्यमन्त्रीले एउटा विज्ञप्ति समेत निकाल्न सकेन नेता थापाले भने,’ प्रदेश सरकारका मुख्यमन्त्री मै राष्ट्रियता देखिएन, जमीन फर्काउने हैसियत राखेन ।’
‘सरकारले जमीन फर्काउने हैसियत त के सत्ता सञ्चालन समेत गर्न सकेन, नेता थापाले भने,’ राष्ट्रीय जनमोर्चा कसैलाई एक इन्च छोड्ने पक्षमा छैन । जमीन फर्काउन अहिलेका शासक डराए, सरकार डरायो तर जनता डराउने वाला छैनन्, हामी दराउनेवाला छैनौं । राष्ट्रीय स्वाभिमान जगाउनका लागि हामी सधैं तयार छौं ।’
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...