२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

कांग्रेसलाई सरकारमा आउन पठाएको निम्ता ‘दुई तिहाईकाे निर्लज्जता’ : कांग्रेस नेता बलायर

डोटी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले कांग्रेसलाई दुई तिहाईकाे निर्लज्जताले सरकारकाे भूमिकामा आउन निमन्त्रणा पठाएको बताएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायल आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘दुई तिहाईकाे निर्लज्जताले हामीलाई भूमिकामा आउन निम्तो पठाएको छ उनले भने,’ निम्तो पठाउनु भनेको नेपाली राजनीतिको अभिशाप पूर्ण क्षण हो । निम्तो आयो भन्दैमा स्वीकार गर्नु पर्ने र सहर्ष रूपमा त्यसलाई ग्रहण गरेर अगाडि बढ्नु पर्छ भन्ने छैन ।’

कांग्रेसको आफ्नो सिद्धान्त र आदर्श छ केन्द्रीय सदस्य बलायरले भने,’ समय परिस्थिती अनुरूप देश र जनता प्रतिको जिम्मेवारी छ । हामी आफ्नो भूमिका र जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्ने छौं ।’ देश अस्थिरतामा जानु भन्दा, देश बर्बाद हुनु भन्दा कांग्रेस मध्यावधिक निर्वाचनका लागि अगाडी बढ्न सक्ने उनको भनाई छ ।

नेपालको पछिल्लो राजनीतिले नेपाली कांग्रेसलाई सत्ता आरोहणको निम्तो दिएपनि नेपाली कांग्रेस त्यो बाटोमा नभएको बलायरले बताए । नेपालको सत्ता आरोहणलाई सत्तालाई स्थायीत्व दिनका लागि कांग्रेसको भूमिका रहने उनले बताए ।

पटक- पटकका अस्थिर सरकार, आवधीक निर्वाचन लगाएतले देशले भोग्नु परेको आर्थिक र समृद्धिको क्षति विद्यमान समय सम्म आइरहेको छ उनले भने,’ यसलाई अन्त गर्नका लागि कांग्रेसको भूमिका रहन्छ । गरीब मुलुकमा हुने यस्ता ठूला आर्थिक दुर्घटना हुन नदिनका लागि , देशलाई दुर्घटनामा बाट जोगाउन कांग्रेसको भूमिका हुन्छ ।’

जिम्मेवार लोकतान्त्रिक पार्टी भएका कारणले मुलुकलाई अस्थिरता तिर धकेल्न नदिनका लागि कांग्रेस जिम्मेवार छ सचेत छ । हामी देश र जनताका लागि बफादार भएर मुलुक प्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि सधैं तयार छौं बलायरले भने ।

नेकपाको जोडाई, फुटाई र गराई सँग नेपाली कांग्रेसको कुनै पनि संलग्नता नरहेको बताउँदै उनले कांग्रेसलाई नेपाली जनताले प्रतिपक्षमा बस्न जनादेश दिएको बताए । ‘अहिले भूमिकामा नबसी अहिलेको सरकारलाई जिम्मेवारीका साथ अगाडी बढायो भने के हुन्छ भनेर जनताले परीक्षण गरिरहेका छन् , उनले भने,’ जनताले दिएको आदेशलाई हामीले शिरोधार्य गर्नु पर्छ ।’

देश अस्थिरता तिर गएर नेपाली जनताको बर्बरता र राष्ट्रिय स्वाभिमानमा चोट पुग्ने अवस्थामा नेपाली कांग्रेस नेपाली जनता र मुलुकका लागि जिम्मेबार भएर लोकतान्त्रिक पद्धतिलाई बचाउन, लोकतान्त्रिक पद्धतिलाई समृद्ध बनाउनका लागि जिम्मेवरीपूर्वक लागेको बताए । आफ्नो नेतृत्वमा जारी भएको नेपालको संविधानलाई बचाउनका लागि , संविधानको सफल कार्यान्वयनका लागि, आफूले खेलेको भूमिकालाई झुक्न, रुक्न, डुब्न र बिग्रिन नदिनका लागि कांग्रेस आफ्नो भूमिकामा अगाडी बढिरहेको उनको भनाइ थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर १३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP