काठमाडौं- पूर्वप्रधनमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदत्याग गरेर प्रायश्चित गर्न सुझाव दिएका छन् ।
भ्रष्टाचारविरुद्धको विश्वव्यापी अभियानका लागि काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनमा नाम मुछिएपछि डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई पदत्याग गरेर प्रायश्चित गर्नु उपयुक्त हुने सुझाव दिएका हुन् ।
उनले नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा प्रकाशित ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन: नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’ शीर्षकको समाचार ट्विटरमा शेयर गर्दै भ्रष्टाचार निवारणका लागि पनि सुझाव दिएका छन् ।
नेपालमा भ्रष्टाचार निवारणका लागि शासकीय स्वरुप, निर्वाचन प्रणाली, जनलोकपाल र आर्थिक विकासमा सुधार गरिनुपर्ने उनको सुझाव छ ।
“प्रममा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगतसमेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ । अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है १. शासकीय स्वरूप २. निर्वाचन प्रणाली ३. जनलोकपाल ४. आर्थिक विकास,” प्रधानमन्त्री ओलीले प्रयोग गर्ने ट्विटर ह्यान्डललाई मेन्सन गर्दै डा. भट्टराईले ट्विट गरेका छन् ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...