काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका छन् ।
परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा श्रींगला यहाँ आएका हुन्। परराष्ट्र मन्त्रालयले यसलाई दुई छिमेकी मुलुकबीचको उच्चस्तरीय भ्रमणको निरन्तरता रहेको बताएको छ।
नेपाल आएका श्रृंगला विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आउँदा खुसी लगेको बताएका छन् ।
भारतीय विदेश सचिव श्रींगलाले आज नेपालका समकक्षी पौड्यालसँग दुईपक्षीय बैठक गर्ने छन्। उक्त बैठकमा नेपाल–भारत सहयोगका विविध क्षेत्रेमा छलफल हुने बताइएको छ। श्रींगलाले आजनै नै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...