२०७९ मंसिर २१, बुधबार
December 7, 2022, Wednesday

बिपी प्रतिष्ठान बन्यो भाइभारदारको भर्तीकेन्द्र : स्वास्थ्य मन्त्रीका ज्वाइँ र भतिजा पनि भर्ती

काठमाण्डौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्वास्थ्य मन्त्री तथा उपकुलपतिका भाइभारदारको भर्तीकेन्द्र बनेको गुनासो बढेको छ ।

प्रतिष्ठानका एक अधिकारीले पछिल्लो नियुक्तिसमेत गरेर प्रतिष्ठानमा १० जना सल्लाहकारका रुपमा नातेदारलाई भर्ना गरिएको बताए । मन्त्री र उपकुलपतिले प्रतिष्ठानलाई भाइभारदारको भर्तीकेन्द्र नै बनाएको उनको भनाइ छ ।

पछिल्लो समय कात्तिक ११ गतेदेखि लागु हुने गरेर प्रतिष्ठानमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिजालाई सल्लाहकारको नियुक्ति दिइएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिजालाई नियुक्ति गरेर आफ्नो नातामा पर्ने एक स्वकीय सचिव पनि थपेका छन् ।

स्वास्थ्य मन्त्री ढकालका सहोदर बहिनी÷ज्वाइँ विराटनगरका सुमन पन्तलाई कानुनी सल्लाहकार नियुक्त गरिएको छ भने उनका भतिजा अमृत ढकाल जनसम्पर्क अधिकृत नियुक्त भएका छन् । उपकुलपतिका नातेदार गणेश गिरीलाई मंसिर १ गतेदेखि स्वकीय सचिवको रूपमा नियुक्त गरिएको छ ।

उपकुलपति गिरीले आफ्ना स्वकीय सचिव दिलीप भट्टराईलाई हटाएका छन् । भट्टराईलाई हटाएर उनले एकसाथ तीन जना मन्त्रीका ज्वाइँ पन्त, भतिजा ढकाल र नातेदार गिरीलाई थपेका हुन् ।

नियुक्त गरिएका उनीहरूलाई अधिकृतभन्दा माथि फ्याकल्टी डाक्टरसरहको सेवासुविधा दिएर नियुक्ति दिइएको प्रतिष्ठानका अधिकारीहरूले बताए । ‘उहाँहरूको सेवा सुविधा फ्याकल्टी डाक्टरसरहको छ,’ एक अधिकारीले भने ।

पछिल्लो नियुक्तिसमेत गरेर प्रतिष्ठानमा १० जना सल्लाहकार भइसकेका छन् । मन्त्री र उपकुलपतिले प्रतिष्ठानलाई भाइभारदारको भर्तीकेन्द्र नै बनाएका छन् । यी सबैको सेवासुविधा जोड्दा वार्षिक करोड रुपैयाँ पुग्ने ती अधिकारीले बताए ।

Related News

डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते
डोटीमा चितुवा आतंक : एउटै चितुवाको आक्रमणबाट ६ जना घाइते
  • २०७७ मंसिर १०

दिपायल – डोटीमा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका...

TOP