बुटवल- अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाएइएको छ ।
लुम्बिनीको राजधानी फेर्नका लागि पौडेलले अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै कांग्रेसले कालो झण्डा देखाएको हो । नेपाल विद्यार्थी संघ र तरुण दलले अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।
मन्त्री पौडेललाई नेपालगञ्ज रोडमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको थियो । पछि प्रहरीले प्रदर्शनकारीलाई हटाएको थियो ।
यसअघि पनि कांग्रेस कार्यकर्ताले प्रदेश राजधानी सारेको विरोधमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...