२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

नेकपाको इञ्जिन सिज भयो : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को इञ्जिन सिज भएको बताए । प्रवक्ता शर्माले अनलाइनखबरसँगको कुराकानिका क्रममा नेकपाको इञ्जिन सिज भएको बताएका हुन् ।

‘सत्तारुढ पार्टीभित्र उब्जेको विवादलाई प्रवक्ता शर्माले असैद्धान्तिक संज्ञा दिए । दुई पार्टीको एकता नै अप्राकृतिक भएको भाव व्यक्त गर्दै शर्माले भने, ‘त्यो डिजेल र पेट्रोलको जस्तो एकता थियो । त्यसैले नेकपाको इन्जिन सिज हुने निश्चित थियो, भयो ।’

‘सामान्यतया राजनीतिमा भावनात्मक एकता भन्ने हुँदैन । भावनात्मक एकता भनेको त प्रेमी र प्रेमिका बीचमा हुने हो शर्माले भने,‘ राजनीतिक दलहरुबीचमा सैद्धान्तिक, व्यवहारिक र कार्यगत एकता हुन्छ ।’ प्रवक्ता शर्माले नेकपामा विभाजन आएमा कांग्रेस खुशी हुन नसक्ने भन्दै मेलमिलापका लागि शुभकामना समेत दिए ।

एकता भावनात्मक भएन भन्न खोज्नुभएको हो ? अनलाइनखबरको प्रश्नको जवाफ दिदै शर्माले भनेका छन्,‘उहाँहरुको पृष्ठभूमि भिन्न थियो । आचरण भिन्न थियो । जबरजस्ती आवरण मिलाइएको हो । सैद्धान्तिक एकता चाहिँ हुन सकेन, जुन सबैभन्दा आधारभूत हुन्छ । अझ प्रष्ट भाषामा भन्नुपर्दा उहाँहरुको एकताको केन्द्रमा सिद्धान्त छँदै थिएन,, केवल सत्ता थियो । सत्ता हासिल कसरी गर्ने भन्नेमा उहाँहरु एक ठाउँमा उभिनुभएको हो । बहुदलीय जनवादलाई खोपाको भीमसेन बनाइदिनुभो । माओको विचारलाई तल छिँडीमा सुताइदिनुभो र आफू माथिल्लो आसनमा उक्लिनुभो ।’

‘माओवादको पेट्रोल र बहुदलीय जनवादको डिजेल मिसाएर गाडी बनाइसकेपछि यसका चालकहरुलाई थाहा थियो, अलि पर गएपछि इन्जिन सिज हुने नै छ । त्यसपछि धकेल्नुको के विकल्प हुन्छ र ? अझै पनि धकेल्नुहोला शर्माले भनेका छन्,‘त्यसका लागि शुभकामना हामीले दिनुपर्छ । तर, धकेलेर कहाँसम्म पुग्ला भन्ने प्रश्न त उठ्छ नै ।’

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ मंसिर १०

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ मंसिर १०

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ मंसिर १०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP