डोटी- नेपाली कांग्रेस डोटीका नेता तथा पूर्व जिल्ला विकास समितिका सभापति स्व. केशबराज उपाध्यायको श्रद्धाञ्जलीका लागि शोक पुस्तिका राखिएको छ । नेपाली कांग्रेस डोटीले दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको सत्कार होटल बाहिर शोक पुस्तिका राखेको हो ।
दमका बिरामी नेता उपाध्यायको उपचारका क्रममा नेपालगञ्ज स्थित कोहलपुर अस्पतालमा कार्तिक ३० गते निधन भएको थियो । ७४ वर्षको उमेरमा निधन भएका नेता उपाध्यायको श्रद्धाञ्जलीका लागि शोक पुस्तिका राखिएको नेपाली कांग्रेस डोटीका सदस्य जितबहादुर खड्काले बताए । स्व. नेता उपाध्याय कर्मठ, निष्ठावान, बुद्धिजिवि र सबैका प्रिय रहेको स्मरण गर्दै उनको निधनले नेपाली राजनीतिमा ठुलो क्षती पुगेको खड्काले बताए ।
शोक पुष्तिका १३औं दिनको पुण्यतिथि सम्म राखिने कांग्रेसले जनाएको छ ।
बहुदल आएपछि २०५९ सालमा जिल्ला विकास समितिको पहिलो सभापतिमा निर्वाचित उपाध्याय विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा सक्रिय थिए । डोटीको बोगटान फुड्सील गाउँपालिका वडा नं. ७ खत्याडी निवासी नेता उपाध्यायका पत्नी र तीन छोरा छन् ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...