काठमाण्डौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्।
मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत यान्छी बालुवाटार पुगेकी थिइन्। उनीहरूबीच लामै कुराकानी भएको थियो।
भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले लेखेको किताब उपहार दिएको स्रोतले जानकारी दियो ।
भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भयो। राजदूत यान्छीले राष्ट्रपति सीले लेखेको किताब प्रधानमन्त्री ओलीलाई उपहार दिनुभयो,’ दूतावास स्रोतले भन्यो।
प्रधानमन्त्रीको व्यवस्ताका कारण भेटको समय साँझपख मिलेको स्रोतको दाबी छ।
नेकपा सचिवालय बैठक बस्ने अघिल्लो दिन भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।
गत वैशाख र साउनमा नेकपा विवाद भएको बेला राजदूत यान्छीले नेकपा शीर्ष नेताहरूलाई घरमै गएर भेटेकी थिइन्।
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...