२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

चिनियाँ राजदूतको सक्रियताले टर्ने भयो नेकपा विवाद

चिनियाँ राजदूतको सक्रियताले टर्ने नी भयो नेकपा विवाद

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र देखा परेको संकट तत्कालका लागि टर्ने देखिएको छ। मंगलबार र बुधबार बिहान देखिका छलफल र परामर्श पछि अन्ततः संकट टर्ने देखिएको हो।

नेकपा स्रोतका अनुसार बुधबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने भएका छन्। ‘प्रधानमन्त्रीले आफ्ना कुराहरु राख्ने र केही समय बैठक स्थगित गरेर सहमतिका आधारमा अघि बढ्ने देखिएको छ’, एक नेताले भने।

नेकपाका दोस्रो तहका नेताहरुको सक्रियतापछि आजको सचिवालय बैठक दुवै पक्षको सहमतिमा राख्ने वातावरण बनेको हो। नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसालले मुख्य रुपमा दाहाल–नेपाल पक्षतिर भूमिका खेलेका थिए। भने ओली पक्षमा महासचिव विष्णु पौडेलसहितका नेताहरुले भूमिका खेलेका थिए।

ओली सचिवालय बैठकमा सहभागी हुने भएपछि दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक २ बजेका लागि सारिएको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालयको बैठक पूर्व निर्धारित समय अनुसार नै दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको जानकारी दिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको सचिवालयको बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद चर्किएको थियो।

ओली पक्ष बैठक रोक्ने र दाहाल–नेपाल पक्ष बैठक नरोक्ने अडानका बीच संकट गहिरिएको थियो। नेकपाभित्र देखिएको विवाद समाधानमा राष्ट्रपति देखि नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको छ। उक्त सक्रियताले ओली बैठकमा उपस्थित हुने वातावरण तयार भएको बुझिएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।

Related News

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७७ मंसिर ३

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७७ मंसिर ३

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
  • २०७७ मंसिर ३

धनगढी- कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि...

TOP