२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

प्रधानमन्त्री सच्चिनुको विकल्प छैन : वामदेव गौतम

गौतमलाई ओलीको प्रस्ताव सरकारमा आउनुस् प्रथम उपप्रधानमन्त्री बन्नुस् : ओलीलाई गौतमको ठाडो जवाफ सरकारमा आउदैन

काठमाडौँ– नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन्।

आइतबार बिहान बालुवाटारमा करिव एक घण्टाको भेटर्वार्तामा गौतमले पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य दोषी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उम्कन नपाउने बताएका हुन्।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने मामिलामा छलफल गर्न बालुवाटार बोलाइएको थियो।

सुवेदीले भने,‘पार्टीमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको हो। उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ। ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ।’

तर पार्टी स्रोतका अनुसार ओलीले आज पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिएका थिए।

ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गरेका थिए।

त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी दिएका थिए।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक ३०

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP