काठमाडौं– सत्तारुढ नेकपाका बहुमत सदस्यहरुसँगको छलफल अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
दाहालले अपरान्ह ४ बजे पार्टी सचिवालयका सदस्यहरुसँग छलफल गर्दै छन्।
पार्टीभित्र देखिएको विवाद समाधान हुन नसकिरहेका बेला दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेका हुन्।
गत शुक्रबार र शनिबार पनि सचिवालयका बहुमत सदस्यबीच धुम्बाराहीमा छलफल भएको थियो।
शनिबार नै ५ जना सदस्यहरुले ओलीलाई लिखित पत्र बुझाएका थिए।
सोमबारसम्म सचिवालय बैठक राख्ने विषयमा सहमतिका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरे पनि उनी सकारात्मक नदेखिए पछि आज अपरान्ह सचिवालयका सदस्यबीच फेरि छलफल हुन लागेको हो।
दाहाल लगायतका नेताहरुले औपचारिक बैठक राख्ने तयारी गरिरहेका बेला मंगलबार बिहान ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका थिए। त्यसअघि सोमबार महासचिव विष्णु पौडेलले पनि दाहालसँग छलफल गरेका थिए।
आज बिहान खुमलटार पुगेर पोखरेलले अध्यक्ष दाहाललाई एक पटक प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आग्रह गरेका थिए।
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...