२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

रामारोशन गाउँपालिकामा उपाध्यक्षको ताला

अछाम: अछामको रामारोशन गाउँपालिकामा तालबन्दि गरिएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले गाउँपालिका कार्यालयमा तालाबन्दि गर्नु भएको हो ।

एक बिज्ञप्ती जारी गर्दै गाउँपालिका उपाध्यक्ष रावलले गाउँपालिका कार्यालयमा तालाबन्दि गरिएको सार्वजनिक गर्नु भएको हो ।

स्थानीय सरकार संचालन ऐनले प्रष्ट पारेका गाउँपालिका उपाध्यक्षका काम कर्तव्य र अधिकार र समेत लत्याएर मनपरि ढंगबाट एकात्मक तथा तानाशाहि ढंगवाट काम गरिएको कारण गाउँपालिकामा तालाबन्दि गर्न बाध्य भएको उपाध्यक्ष रावलले बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउँदलाई लक्षीत गर्दै उपाध्यक्ष राववले बिज्ञप्तीमा स्थानिय सरकार संचालन ऐन २०७४ बिपरित कार्य गर्दै एकात्मक,तानाशाही,शैलीमा काम कार्वाहि गरेको ,योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्ने काम कर्तव्य र अधिकार उपाध्यक्षको हुदा पनि अनुगमन प्रतिवेदन बिना भुक्तानी दिन लगाउने,कर्मचारी भर्ना तथा नियुक्तिमा अनिमितता तथा एकाधिकार शासन प्रयोग गरेको, कार्यालयले गर्ने काम कार्वाहि र योजना तर्जुमा,छनोट प्रकृयामा केन्द्रियता कामय गरेको उल्लेख गर्नु भएको छ ।

गलत कार्यशैलीका बिरुद्ध जनताको मतलाई कदर गर्दै निरन्तर संघर्षरत रहने प्रतिवद्धता जनाउदै उपाध्यक्ष रावलले पटक पटक यस अघि ध्यानाकर्षण तथा छलफल भईसक्दा समेत कार्यशैली नसच्याईएकाले गाउँपालिका कार्यालयमा तालबन्दि गर्न बाध्य भएको बिज्ञप्ती मार्फत प्रष्ट पार्नु भएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ कार्तिक १२

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP