
डोटी- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सुदूरपश्चिम संयोजकमा महिला नेतृ प्रसिस महरालाई नियुक्त गरिएकोे छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कामलाई सहज र थप व्यवस्थित बनाउँन सुदूरपश्चिममा सञ्चालन गरिने प्रशिक्षण संंबन्धी कार्यक्रम सञ्चालनका लागि संयोजक नियुक्त गरिएको हो ।
कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले महरालाई प्रदेश संयोजकमा नियुक्त गरिएको जानकारी दिए ।
नेतृ महरा नेपाली काँग्रेस डोटीबाट महासमिति सदस्य तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...