२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

स्कुल चलाउदै स्कुल अफ डेमोक्रेसी

काठमाडौं- एक दशकदेखि लोकतान्त्रिक अभियान संचालन गर्दै आइरहेको स्कुल अफ डेमोक्रेसीले छोटो अवधिका स्कुल संचालनमा ल्याएको छ ।

प्रथम जन–निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर डेमोक्रेसी स्कुल संचालनमा ल्याइएको हो । बुधबारदेखि संचालित ‘वइव स्कुल अन डेमोक्रेसी’ भोलिसम्म संचालन हुने जनाइएको छ ।

स्कुलमा प्रजातान्त्रिक समाजवाद, बीपी विचार र अबको राजनीतिका विषयमा प्रशिक्षण भइरहेको छ । देश–विदेशबाट करिव एक सय जना सहभागी रहेको तीनदिने स्कुलमा समाजवादी चिन्तक प्रदिप गिरी, प्राध्यापक डाक्टर कृष्ण खनाल र संबिधानविद् डाक्टर बिपीन अधिकारीले प्रशिक्षण दिइरहनुभएको छ ।

लोकतन्त्रका अवधारणा, अभ्यास लगायत समाजवादी ब्यवस्थाका विषयमा जनस्तरसम्म बहस चलाउने नीति अनुसार छोटो अवधिका स्कुल संचालन गरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । महरका अनुसार लोकतान्त्रिक मुल्य, मान्यता र पद्धतीका विषयमा व्यापक सचेतना भए मात्रै व्यवस्था प्रवद्र्धन हुने ठहर गर्दै तीनदिने, सात दिने, पन्ध्र दिने, एक महिने तथा तीन महिने अवधिका स्कुल संचालन गरिने भएको हो ।

नीति निर्माणमा युवाको क्षमता अभिबृद्धिका लागि यसअघि समाज, युवा र राजनीति विषयक चरणबद्ध बहसको थालनी गरेको स्कुल अफ डेमोक्रेसीले नीतिगत साक्षरताका अन्य कार्यक्रम पनि संचालन गर्ने जनाएको छ । संगठनात्मक रुपमा जिल्ला, प्रदेश तथा विदेशमा समेत इकाइ विस्तार गरिसकेको स्कुल अफ डेमोक्रेसी थिंक ट्यांक संस्थाका रुपमा चिनिन्छ ।

जहाँ सिक्न र सिकाउँन पाइन्छ भन्ने मुलमन्त्र रहेको स्कुल अफ डेमोक्रेसीले लोकतान्त्रिक धार र आचरणलाई केन्द्रमा राखेर कार्यक्रम संचालन गरिरहेको एक सदस्यले जानकारी दिए । लोकतन्त्रवादीहरु आवद्ध रहेको यस संस्थाले नेपाली कांग्रेसलाई समेत नीति निर्माणका सन्दर्भमा सहयोग गरिरहेको ती सदस्यले जानकारी दिए ।

‘देश विदेशमा रहेका तथा पेसागत बिबिधताका धेरै मानिस एकै ठाउँमा भएको स्कुल अफ डेमोक्रेसी पहिलो संस्था होला’ स्कुल अफ डेमोक्रेसीका अमेरिका संयोजक सूर्य लम्सालले भने ‘लोकतन्त्र र समाजवाद हाम्रो बटमलाइन भएकाले यसमा निरन्तर गम्भीर बहस चलाउँछौं ।’

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र २५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP