काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र समाधानउन्मुख भएको पार्टीको आन्तरिक विवाद फेरि बल्झिन थालेको हो । यसअघि बिहीबार बसेको नेकपा सचिवालयमार्फत वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफैंले नै फागुन १४ गतेको निर्णय कार्यान्वन गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने प्रस्ताव ल्याएनन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा वामदेवालाई राष्ट्रिय सभामा ल्याउने अपेक्षा गरिएको थियो । तर, ओलीले निर्णय नगरेपछि पार्टीका नेताहरु सशंकित भएका थिए । अहिले ओलीले वामदेवमा फेरि बार्गेनिङ गरिरहेका छन् ।
तर, ओली निकट नेताहरुले भने वामदेवलाई सिफारिस गर्ने सरकारले सोच बनाएको भन्दै प्रधानमन्त्री ओलीले सचिवालयमा भनेको तर, निर्णय नभएको बताएका छन् । उनीहरुले मिडियालाई गलत व्याख्या गरिरहेको बताएका छन् ।
तर, प्रचण्ड र नेपाल समूहले भने वामदेवलाई नै राष्ट्रिय सभामा पठाउने निर्णय भएको दाबी गरेका छन् । बिहीबारको सचिवालय बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको बताएका थिए
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...