२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

फेरि वामदेवमा ‘बार्गेनिङ’ गर्दै ओली : आफ्नालाई मन्त्री बनाउने दाउ

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र समाधानउन्मुख भएको पार्टीको आन्तरिक विवाद फेरि बल्झिन थालेको हो । यसअघि बिहीबार बसेको नेकपा सचिवालयमार्फत वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफैंले नै फागुन १४ गतेको निर्णय कार्यान्वन गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, शुक्रबार बसेको मन्त्रिपरिषद्‌‌ बैठकमा प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने प्रस्ताव ल्याएनन् । शुक्रबारको मन्त्रिपरिषद्‌ बैठकमा वामदेवालाई राष्ट्रिय सभामा ल्याउने अपेक्षा गरिएको थियो । तर, ओलीले निर्णय नगरेपछि पार्टीका नेताहरु सशंकित भएका थिए । अहिले ओलीले वामदेवमा फेरि बार्गेनिङ गरिरहेका छन् ।

तर, ओली निकट नेताहरुले भने वामदेवलाई सिफारिस गर्ने सरकारले सोच बनाएको भन्दै प्रधानमन्त्री ओलीले सचिवालयमा भनेको तर, निर्णय नभएको बताएका छन् । उनीहरुले मिडियालाई गलत व्याख्या गरिरहेको बताएका छन् ।

तर, प्रचण्ड र नेपाल समूहले भने वामदेवलाई नै राष्ट्रिय सभामा पठाउने निर्णय भएको दाबी गरेका छन् । बिहीबारको सचिवालय बैठक सकिएपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको बताएका थिए 

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ भाद्र २१

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP