२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

एकान्तवासमा रहेका मुख्यमन्त्री भट्टसहित मन्त्रालयका ८३ जनाको कोरोना रिपोर्ट आयो

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित संक्रमित सवारी चालकको सम्पर्कमा आएका ८३ जनाको रिर्पोट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री भट्ट, उनका परिवारका सदस्य, स्वकीय सचिवालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निजामती सेवाका कर्मचारी सहित ८३ जनाको रिर्पोट नेगेटिभ आएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमितको सम्पर्कमा आएका मुख्यमन्त्री सहितका ८३ जनाको रिर्पोट नेगेटिभ आएको पुष्टि गरे।

गत भदौँ ७ गते मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका २३ वर्षीय चालकमा कोरोना पुष्टि भएको थियो। सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट लगायत निजी सचिवालयका कर्मचारी र परिवार निवासमै एकान्तवासमा थिए ।
 

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र १२

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP