२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

नेकपाभित्र भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर २४ पुर्‍याइने, राज्यमन्त्री नराख्ने तयारी

काठमाडौँ – सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षलाई मत्थर पार्न सरकारले दुईवटा मन्त्रालय थप्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा मन्त्रालयलाई विभाजन गरेर २२ बाट २४ पुर्‍याउने र मन्त्रिपरिषद राज्यमन्त्री विहीन बनाउने गृहकार्य अघि बढाएका हुन्।

यसअघि सरकारले नै गठन गरेका विभिन्न अध्ययन तथा सुझाव समितिहरुले संघीय संरचनामा गइसकेपछि केन्द्रमा १४ वटा मात्र मन्त्रालय भए मात्र पुग्ने सिफारिस गरे पनि नेकपाभित्र भागवण्डा पुर्‍याउन मन्त्रालय घटाउनुको साट्टो बढाउने तयारीमा सरकार जुटेको हो।

पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले संघीय तथा प्रदेश मन्त्रिपरिषद हेरफेर गर्न सुझाएको छ। बालुवाटार निकट स्रोतका अनुसार त्यसैका आधारमा प्रधानमन्त्री ओलीले पार्टीभित्रका तीनवटै गुटका नेताहरुलाई भागवण्डा पु¥याउन मन्त्रालय बढाएर थप नेताहरुलाई मन्त्री बनाउन आँटेका हुन्।

स्रोतले भन्यो, ‘पार्टीको शक्ति सन्तुलन मिलाउनु पर्ने दबाबमा प्रधानमन्त्री ज्यू हुनुहुन्छ। त्यसकारण दुईवटा मन्त्रालय थपिन्छ।’ नेपालको संविधानको धारा ७६ (९) अनुसार बढीमा २५ जनामन्त्री बनाउन पाइने बाध्यकारी व्यवस्था भएपछि ओलीले २४ जना मन्त्री र आफूसहित २५ सदस्यीय क्याबिनेट बनाउने भएका छन्।

हाल तीन राज्यमन्त्रीसहित मन्त्रिरिषद २३ सदस्यीय छ। जसमा युवराज खतिवडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र वसन्त नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

दुई मन्त्रालय थपेर राज्यमन्त्री नराख्दा थप पाँच जनालाई मन्त्री बनाउन सकिने हिसाबकिताब नेकपा शीर्ष नेतृत्वले गरेको छ।

गत शनिबार पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको बुँदा नम्बर ९.२ भनिएको छ, ‘सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने।’

पुरा समाचार पढ्नुहोस्→

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र १२

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP