२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

ओलीकै सक्रियतामा एमाले पार्टी दर्ता भयो : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन्।

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेकपा पार्टी संकटमा रहेको दाबी गरे। उनले भने, ‘पार्टी संकटमा छ।.. किनकि पार्टीको बैठक चल्दा चल्दै अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ। त्‍यसरकाण यसले पार्टीमा संकटको निम्ता त गरेकै छ।’

उनले पार्टीमा एकतावद्ध कसरी गर्नेतर्फ जुटिरहँदा अर्का अध्‍यक्षले देशभरि जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएर पार्टीलाई झन अप्ठेरोमा पारेको बताए। उनले भने, ‘ओली कमरेडलाई पार्टीलाई एकमत भएर जान धैर्य लिन आग्रह गर्दा पनि आफ्नो पक्षमा जिन्दावादको नारा र त्यसखालका प्रचाबाजी भइरहेका छन्। यसले पार्टी संकटमा छ भन्‍ने कुरै देखाएको छ।’

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ श्रावण ९

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP