२०८१ माघ १, मंगलवार
January 14, 2025, Tuesday

अयोध्याबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टीकरण : ‘कसैलाई चोट पुर्‍याउन भनेको होइन’

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम र अयोध्याका विषयमा गरेको टिप्पणीबारे भएका ब्याख्या र प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रले भनेको छ, ‘श्रीराम र उनीसँग जोडिएका स्थानका बारेमा कैयौं मिथक र सन्दर्भहरु छन्। प्रधानमन्त्रीले श्रीराम, रामायण र यससँग जोडिएको सांस्कृतिक भूगोल र समृद्ध संस्कृतिबारे तथ्य पत्ता लगाउन थप शोध र अनुसन्धानको महत्वमा जोड दिनु भएको हो।’

प्रधानमन्त्रीले गरेको टिप्पणी अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यमाथि बहसका लागि नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
विज्ञप्तिमा विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको, सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्न पनि भनिएको छ।

परराष्ट्रले भनेको छ, ‘यी तथ्यले दुई देश र जनताबीच सम्मानित सांस्कृतिक सम्बन्ध रहेको इंगित गर्छन्।’

विज्ञप्तिमा प्रधानमन्त्रीले गरेको टिप्पणी कुनै पनि राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामाथि ठेस पु¥याउने उद्देश्यले नभएको पनि उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा २९ असारमा आयोजित एक कार्यक्रममा भगवान राम भारतको अयोध्यामा नभई नेपालको ठोरीमा जन्मिएको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेपाल र भारतमा तिब्र विरोध भएको थियो।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७७ असार ३०

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP