२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

ओलीले राजीनामा नदिए पार्टीले हटाउछ : वरिष्ठ नेता खनाल

काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट तत्काल राजीनामा नदिए पार्टी आफैंले हटाउने चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल समयसँग संक्षिप्त कुरा गर्दै भने, ‘कुनै व्यक्तिका कारण पार्टीलाई बन्धक बनाएर राख्न सकिँदैन। ओलीजीका विषयमा भोलिको बैठकले छिनोफानो गर्नेछ।’

नेकपा स्थायी कमिटीको बैठक भोलि सोमबार बस्दै छ। स्थायी कमिटीमा नेताहरूले एकै स्वरमा प्रधानमन्त्रीको राजीनामा मागेपछि दुई अध्यक्षबीच सहमति जुटाउन शनिबार बैठक स्थगित गरिएको थियो।

खनालले भने, ‘दुई अध्यक्षबीच छलफल गर्न पर्याप्त समय दिँदा पनि कुनै सहमति गर्न नसके पार्टीले निर्णय गर्नेछ।’

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले दुई पदमध्ये एक पद छाड्न अस्वीकार गरेकै कारण पार्टीमा संकट चुलिएको उनको भनाइ छ।

नौ सदस्यीय नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा एक खेमामा छन् भने प्रधानमन्त्री ओलीसँग महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल छन्।

दाहाल खेमाका नेताहरू प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका छन्।

खनालले भने, ‘प्रधानमन्त्रीजीले छिटो निर्णय लिनुहोला भनेर स्थायी कमिटी बैठक स्थगित गर्दै आएका छौं। तर उहाँ टसको मस नगरी आफ्नो अडानमा रहनुभएको छ। त्यसैले अब पार्टीले निर्णय गरेर अघि बढ्नुको विकल्प छैन।’

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ असार २१

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP