२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

सिंहदरबारभित्रै बाल श्रमिक, महानगरद्वारा विभिन्न क्यान्टिनबाट ४ जनाको उद्धार

सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो। तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुनविपरीत बाल श्रमिकको उपयोग भइरहेको पाइएको छ।

काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका ४ बाल श्रमिकको उद्धार गरेको छ।

केही दिनअघि एक सांसदको घरबाट श्रम शोषणमा परेकी एक बालिकाको उद्धार गरेको थियो। ती बालिकाले आफूलाई विभिन्न प्रकारका यातना पनि दिएको बताएकी छन्।

बाल श्रमिकको प्रयोग भइरहेको सूचनाका आधारमा महानगरले निर्माण क्षेत्रमा पनि अनुगमन बढाएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।

आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि हो।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ जेष्ठ ३०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP