सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो। तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुनविपरीत बाल श्रमिकको उपयोग भइरहेको पाइएको छ।
काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका ४ बाल श्रमिकको उद्धार गरेको छ।
केही दिनअघि एक सांसदको घरबाट श्रम शोषणमा परेकी एक बालिकाको उद्धार गरेको थियो। ती बालिकाले आफूलाई विभिन्न प्रकारका यातना पनि दिएको बताएकी छन्।
बाल श्रमिकको प्रयोग भइरहेको सूचनाका आधारमा महानगरले निर्माण क्षेत्रमा पनि अनुगमन बढाएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।
आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि हो।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...