२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

मन्त्रिपरिषद् विस्तार पछि सांसद ओलीले भने,”हिरोले लास्टमा देखाउँछ”


दिपायल– सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले सरकार विस्तारका विषयमा असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्री मन्त्रिपरिषद् विस्तार गरेपछि उनी सहित पाँच जना सांसदले असन्तुष्टि जनाएका हुन् ।

ओली डोटीको प्रदेश सभा “ख” बाट निर्वाचित सांसद हुन् । संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख सोकीय सचिव भएर काम गरेका उनी युवा पुस्ताका चतुर राजनीतिज्ञ मानिन्छन् । मुख्यमन्त्री भट्टलाई उछिन्दै गठबन्धनबाट चुनाव जितेका उनले मन्त्रिपरिषद् विस्तारलाई संकेत गर्दै अन्तिममा देखाइदिने घुमाउरो धम्की दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,”हिरोले लास्टमा देखाउँछ । समर्थक, शुभेच्छुक सबै न आत्तिनु होला ।”

सांसद ओलीका समार्तकहरुले मन्त्रिपरिषद् विस्तारमा पहाड, डोटी र युवालाई अनपेक्षा गरेको, कञ्चनपुर, महाकालीमैत्री सरकार विस्तार गरेको प्रतिक्रिया जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा डोटीबाट सत्ता गठबन्धनका तीन जना सांसदको उपस्थिति रहेको छ ।

माओवादीबाट मन्त्री बन्नेहरूबारे पार्टीभित्रै विवाद देखिएको छ । संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका थिए ।

सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । तर, मुख्यमन्त्रीले भागबण्डाको किचलोका बीच सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार विस्तार गरिएको सरकारमा एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एक जना एकीकृत समाजवादीका र एक जना स्वतन्त्र सांसद गरी थप आठ जना मन्त्री नियुक्त भएका छन् । प्रदेशमा माओवादीका सभामुख सहित ११ सांसद छन् ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ जेष्ठ २९

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP