दिपायल- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर (२) का उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ । शनिबार भएको उपनिर्वाचनका क्रममा लिम्बुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोध्न भनेको हो ।
मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दैे मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...