दिपायल- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । शनिबार बसेको पार्टीको पुर्ण बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए ।
“हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं,“चौधरीले बैठक लगत्तै फेसबुकमा लेखेका छन् । उनले महासचिव ठाकुर सिंह थारुलाई साक्षि राखेर पार्टी र सरकार दुबै चलाउने जिम्मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई दिएको उल्लेख गरेका छन् ।
बैठकम पार्टीका संरक्षक रेशम र अध्यक्ष रन्जिता बीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गर्ने, यस अघि कारबाही गरिएका सांसदहरुको कारबाही फुकुवा गर्ने लगायतका विषयमा सहमति भएको छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...