२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय



दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादी पार्टीको मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका स्थायी सदस्य उर्वादत्त पन्तको उपस्थितीमा बसेको बैठकले सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको उपनेता प्रकाश रावलले जानकारी दिए ।

एमाले, माओवादी लगायतका सत्ता गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमती भएपनि तोडिएको भन्दै यसअघि सोडारीले लक्ष्मणकिशोरलाई समर्थन गरेका थिए । तर मंगलबार गठबन्धनको शिर्ष तहमा समाजवादीलाई सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमती भए पछि सोडारीले नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पार्टीको समर्थन नरहेको भन्दै मंगलबार प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएका थिए। 

प्रदेश प्रमुख मियाँले २३ चैतमा १० दिनको समय दिएर संविधानको धारा १६८ को (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । २ बैशाखमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए तर प्रदेश प्रमुखले नाउपाका दुई जना प्रदेश सभा सदस्यको दाबीका कारण निष्कर्षमा पुग्न नसकेको भन्दै मंगलबार फेरी दुई दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार दाबी पेश गर्न आह्वान गरेका छन् ।

नाउपाका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाशले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ बैशाख ४

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP