२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

रास्वपाको कोर टिम नै सहकारी ठगीमा मुछियो : कांग्रेस महामन्त्री शर्मा



काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको बताए । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताएका हुन् ।

रास्वपाका आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको बताउँदै महामन्त्री शर्माले सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको  बताए ।

रास्वपाको कोर टिम नै सहकारी ठगीमा आरोपित छ,’ उनले भने,’ रास्वपाभित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

प्रतिनिधि सभाको बैठकमा कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।


रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलबार कांग्रेसका सांसदद्वय रामकृष्ण यादव र कान्तिका सेजुवालले अन्य दुई नेता समेत आरोपित रहेको भनी प्रश्न उठाएका थिए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० चैत्र २१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP