२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनमा जाँदैन : परराष्ट्रमन्त्री साउद

दिपायल – परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सा हुन नसक्ने बताएका छन् । उनले युगाण्डाको काम्पालामा जारी असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा मन्त्री साउदले नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनमा सामेल नहुने बताउँदै कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताए ।

“नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार गर्दैन,”उनले भने,” हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं’ । नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको छ । हाम्रो झण्डै सात दशकको यात्राका क्रममा हामी साझा मूल्यहरूबारे सचेत छौँ’। जसले हामीलाई राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, आपसी सम्मान र लाभ, अहस्तक्षेप, हाम्रोमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी अन्तर्राष्ट्रिय सम्बन्धमा एकसाथ छौँ।”

मन्त्री साउदले बहुपक्षीयता प्रबर्द्धनमा नामले निर्णायक भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। ‘शान्तिपूर्ण खोज्दै, संयुक्त राष्ट्र संघीय बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै विवादहरूको समाधान, विश्वव्यापी वित्तीय संरचना सुधार, साझा समृद्धिको लागि एक मात्रै विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्दै नामले भूमिका खेल्नुपर्छ’, उनले थपे ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०८० माघ ३

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP