दिपायल– महासमिति बैठकका लागि नेपाली कांग्रेसलाई अहिले प्रतिनिधि चयनको चराटो छ । असोज मसान्तको समयावधि तोकेर महासमिति सदस्यको निर्वाचनतिर कांग्रेसका नेता कार्यक्रर्ता केन्द्रित रहेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयका अनुसार ४३ जिल्लाबाट महासमिति सदस्य छनोट भइसकेका छन् । ३४ जिल्लामा निर्वाचन हुँदैछ । केही जिल्लाका आंशिक क्षेत्रमा निर्वाचन बाँकी छ भने केही जिल्लाका सबै निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको निर्वाचन समिति सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् ।
निर्वाचन समिति सदस्य श्रेष्ठका अनुसार ३४ जिल्लामा कतै आंशिक र कैत सबै क्षेत्रमा निर्वाचन हुन बाँकी छ । ललितपुर र ताप्लेजुङमा भने निर्वाचन प्रतिनिधिसमेत पठाउन बाँकी छ ।
भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट महासमिति सदस्यको छनोट हुन सकेका छैन ।
यता मोरङका क्षेत्र नम्बर ३, ५ र ६, सुनसरी १, उदयपुर १ र २, धनुषा २ र ३, महोत्तरी २ बाहेकको बाँकी, सर्लाही १ र ३ मा बाँकी, बारा ३, धादिङ १, काठमाडौँ ८, पाल्पा २, दाङ १ र ३ र कैलाली २ र ३ मा निर्वाचन हुन बाँकी रहेको श्रेष्ठले बताए ।
कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहने छन् ।
कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।
१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृसंस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।
कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् ।
कांग्रेसका अहिले १३ भ्रातृसंस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...