दिपायल – नेपाली कांग्रेस डोटीबाट केन्द्रीय महासमिति सदस्यका लागि उम्मेदवारी दिएका तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । २४ गते हुने निर्वाचनका लागि बुधबार २४ जनाले उम्मेदवारी दिएका थिए ।
११ सिटका लागि हुने निर्वाचनमा तीन जनाले उम्मेदवारी फिर्ता लिएसँगै २१ जना उम्मेदवार चुनाव लड्ने भएका छन् ।
डोटीले महाधिवेशन प्रतिनिधि मध्यबाट ११ जना केन्द्रीय महासमिति सदस्य चुन्न पाउँछ । महाधिवेशन प्रतिनिधिबीच आन्तरिक सहमति हुन नसके पछि निर्वाचनको वातावरण तय भएको हो । डोटीमा २५ जनाहाधिनेश प्रतिनिधि रहेका छन् । जसमध्ये २४ जनाले केन्द्रीय महासमिति सदस्यका लागि दाबी गर्दै उम्मेदवारी दिएका थिए । शनिबार उम्मेदवारी फिर्ता लिने अन्तिम समय सम्म तीन जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कमिटीका सदस्य लवदेव भट्टले बताए ।
केन्द्रीय महासमिति सदस्य (दलित) तर्फ उम्मेदवारी दिएका कुमार सिंह टेलर, महिला सदस्य खुल्लातर्फकी उम्मेदवार माया देवी कुँवर र महिला खस आर्य तर्फकी उम्मेदवार प्रतिमा शाह शाहीले उम्मेदवारी फिर्ता लिएकी हुन्।
तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै दुई प्यानल बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय महासमिति सदस्य (खुल्ला) तर्फ ५ जनाको सिटमा १० जनाको उम्मेदवारी परेको छ । महिला सदस्य खुल्लातर्फ २ जनाको सिटमा ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पुरुष खस आर्य तर्फ २ जनाको सिटमा ४ जना, महिला खस आर्य तर्फ १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, दलित सदस्य तर्फ १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
काे को छन् उम्मेदवार ?
केन्द्रीय महासमिति सदस्य (खुल्ला) तर्फ
१) यज्ञराज पाठक
२) पुष्प कुमार शाही
३) लोकेन्द्र बहादुर शाही
४) पदमराज जोशी
५) भरत बहादुर खड्का
६ ) जीत बहादुर खड्का
७) डिल बहादुर बम
८) हर्क बहादुर देउबा
९) सीताराम जोशी
१० ) राम प्रसाद उपाध्याय
केन्द्रीय महासमिति सदस्य (खसआर्य) तर्फ
१) भक्त बहादुर बलायर
२) लक्ष्मण बहादुर सिंह
३) सोपन सिंह बोहरा
४) विजय ओझा
केन्द्रीय महासमिति सदस्य (खुल्ला महिला) तर्फ
१) पार्वती चन्द
२) धौली देवी रावल
३) प्रसिस महरा
केन्द्रीय महासमिति सदस्य (खस आर्य महिला) तर्फ
१) हरिमाया भट्ट
२) मिना देवी विष्ट
केन्द्रीय महासमिति सदस्य (दलित) तर्फ
१) लाल बहादुर बिक
२) कल्पना सोप
निर्वाचन राजपुर स्थित सेती सभाहलमा २४ गते हुने छ । बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...