२०८१ कार्तिक १९, सोमबार
November 4, 2024, Monday

कांग्रेस महासमिति निर्वाचन : ११ सिटका लागि २४ उम्मेदवारी (विवरण सहित)


दिपायल – नेपाली कांग्रेस डोटीले केन्द्रीय महासमिति सदस्यका लागि २४ गते निर्वाचन गर्ने तयारी गरेको छ । बुधबार निर्वाचनका लागि २४ जना उम्मेदवारहरुले उमेदवारी दर्ता गरेका छन् ।

डोटीले महाधिवेशन प्रतिनिधि मध्यबाट ११ जना केन्द्रीय महासमिति सदस्य चुन्न पाउँछ । महाधिवेशन प्रतिनिधिबीच आन्तरिक सहमति हुनसके पछि निर्वाचनको वातावरण तय भएको हो । डोटीमा उम्मेदवार हुन पाउने २५ जना महाधिबेशन प्रतिनिधि रहेका छन् । जसमध्ये २४ जनाले केन्द्रीय महासमिति सदस्यका लागि दाबी गर्दै उम्मेदवारी हालेका छन्। महाधिवेशन प्रतिनिधि रामचन्द्र राणा बाहेक सबैको उम्मेदवारी परेको हो ।

केन्द्रीय महासमिति सदस्य (खुल्ला) तर्फ ५ जनाको सिटमा १० जनाको उम्मेदवारी परेको छ । महिला सदस्य खुल्लातर्फ २ जनाको सिटमा ४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पुरुष खस आर्य तर्फ २ जनाको सिटमा ४ जना, महिला खस आर्य तर्फ १ जनाको सिटमा ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, दलित सदस्य तर्फ १ जनाको सिटमा ३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कैलाश साउदले जानकारी दिए ।

काे को छन् उम्मेदवार ?


केन्द्रीय महासमिति सदस्य (खुल्ला) तर्फ
१) यज्ञराज पाठक
२) पुष्प कुमार शाही
३) लोकेन्द्र बहादुर शाही
४) पदमराज जोशी
५) भरत बहादुर खड्का
६ ) जीत बहादुर खड्का
७) डिल बहादुर बम
८) हर्क बहादुर देउबा
९) सीताराम जोशी
१० ) राम प्रसाद उपाध्याय

केन्द्रीय महासमिति सदस्य (खसआर्य) तर्फ
१) भक्त बहादुर बलायर
२) लक्ष्मण बहादुर सिंह
३) सोपन सिंह बोहरा
४) विजय ओझा

केन्द्रीय महासमिति सदस्य (खुल्ला महिला) तर्फ
१) पार्वती चन्द
२) धौली देवी रावल
३) मायादेवी कुँवर
४ प्रसिस महरा

केन्द्रीय महासमिति सदस्य (खस आर्य) तर्फ
१) हरिमाया भट्ट
२) मिना देवी विष्ट
३) प्रतिमा शाही

केन्द्रीय महासमिति सदस्य (दलित) तर्फ
१) कुमार सिंह टेलर
२) कल्पना सोप
३) लाल बहादुर बिक

निर्वाचन राजपुर स्थित सेती सभाहलमा आयोजना हुने कांग्रेसले जनाएको छ । निर्वाचन कमिटीका अनुसार उम्मेदवारले २० गते ५ बजे भित्र उम्मेदवारी फिर्ता लिन सक्ने छन् । २४ गते ७ बजे देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

Related News

समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता
  • २०८० आश्विन १८

दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...

TOP