काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले गरेका हर कुरा राम्रो भएको दाबी गर्छन्। भाषणबाज छवि बनाएका ओली हरेक ठाउँमा आफ्नै उहादरण दिन्छन्। विगतमा गरेका आफ्ना कमजोरी समेत उनी स्वीकार्दैनन्।
उनी त्यस्ता विषयलाई ‘समयको माग’, ‘वाध्यात्मक परिस्थिति’ नाम दिएर तर्किन्छन्। उनलाई यही कारण जब्बर नेता भन्नेहरू पनि छन्। ओलीले विगतमा गरेका मध्ये ‘संसद् विघटन’ ठूलाे राजनीतिक भूल र असंवैधानिक कदम मानिन्छ।
एकीकृत समाजवादीका महासचिव एवं वामपन्थी विश्लेषक घनश्याम भुसाल त ओलीले संसद् विघटन गरेकै कारण ‘बामपन्थी राजनीति भासमा परेको’ बताउँछन्।
संसद् विघटनकै साक्षी बस्न नसक्ने भन्दै तत्कालीन एमाले फुट्यो। माधव नेपालले अर्कै पार्टी खोले। अहिले पनि नेपाल आफू नचाहदा नचाहँदै हिँड्नु परेको गुनासो गर्छन्। हुन त ओलीको त्यही निर्णयले एमालेविरुद्ध पाँच दलीय गठबन्धन बन्यो।
अहिले पनि एमाले विरुद्धमा गठबन्धन नै छ।
तर अझै पनि ओली संसद् विघटन गलत गरेको भन्न चाहदैनन्। उनले गरेको संसद् विघटनकै कारण दुई तिहाइभन्दा बढीको सरकार ढल्यो।
त्यसबेला ७ प्रदेशमै एमाले प्रतिपक्षीमा पुग्यो। त्यसपछिको आम निर्वाचनमा एमाले दोस्रोमा खुम्चियो। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारबाट पनि एमाले बाहिरियो।
यति सम्मकी चुनावपछि पनि यही कारण एमालेले घाटा व्यहोर्नु पर्यो। ओलीले प्रतिनिधिसभामा उभिएर संसद् विघटन सही थियो भन्ने अभिव्यक्तिपछि प्रचण्ड अतालिए।
प्रचण्डले भनेका छन्, ‘यो कुरा ननिकाल्ने सहमति भएको थियो। तर एकाएक त्यो कुरा निस्केपछि सँगै बस्न सकिँदैन भन्नेमा पुग्यौ।’
यही कारण एमाले संघीय सरकारबाट पनि प्रमुख प्रतिपक्षीमा पुग्यो। संघबाट मात्र नभई सातै प्रदेशमा एमाले प्रतिपक्षी बन्यो। आज पनि ओली प्रतिनिधिसभा विघटन सही भएको तर्क गर्दैछन्।
ओलीले माधव नेपाललाई क्षति गर्दै वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको तर्क गरेका छन् ।
मंगलबार एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने उनको भनाइ छ ।
‘हामीले पुष ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्यौँ । विघटन गर्यौँ। हामीले ठीक ठानेर गर्यौँ। ठीक भनेर गर्यौँ। ठीक थियो र गर्यौँ । नगरी नहुने थियो र गर्यौँ’ ओलीले भने, ‘होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो।’
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...