२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

सभामुखसहित तीन दलका शीर्ष नेता आजपनि छलफलमा

काठमाडौं – सदनको अवरोध हटाउने विषयमा साेमवारकाे बैठक निष्कर्षविहीन बनेपछि आजपनि सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक बसेकाे छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेता सहभागी छन्।

सभामुख घिमिरेसहित तीन दलका ३ शीर्ष नेता र संसदीय दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन। एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। एमालेको मागमा सरकार सहमत भएको छैन।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP