काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्लामा खटाएको छ। गत साउन १० को केन्द्रीय समिति बैठकको निर्णयअनुसार पार्टीको सांगठानिक सुदृढीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्यलाई जिल्ला तोकेर खटाएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई जिल्ला खटाउन सुरू गरिएको जानकारी दिए।
उनले भने, ‘सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश भित्रका जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिइरहेका छौं। आज बेलुकीसम्म सबै जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिइसकिन्छ।’
केन्द्रीय कार्यालयबाट पत्र लिएर केन्द्रीय सदस्यहरू जिल्ला जान थालेका छन्। कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य खटाउने भएको हो।
संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि ३० गतेसम्म आन्तरिक रूपमा जिल्ला-जिल्लामा केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्।
त्यसपछि भदौ १० देखि २४ गतेसम्म कांग्रेसले संगठन सुदृढीकरणका लागि समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...