२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

राजनीतिक उद्देश्यले हत्त न पत्त राजीनामा माग्नु राम्रो होइन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक उद्दश्यले प्रधानमन्त्री र मन्त्रीकाे राजीनामा मागिहाल्ने संस्कार देखा पर्नु राम्राे नभएकाे बताएका छन्।

इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करीलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिएकोबारेको जिज्ञासामा यस्तो बताएका हुन् ।

‘राजनीतिक उद्देश्यले हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ यो राम्रो होइन । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन’, प्रचण्डले भने।

उनले विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थितिलगायतको विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने बताए ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८० श्रावण १२

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP