२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

कांग्रेस केन्द्रीय समिति बैठक : शेखरलाई वरिष्ठ नेता बनाउन माग

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । तेस्रो दिन आज जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

‘पार्टीमा वरिष्ठ नेताको पद राखिएको छ । हाम्रा श्रदेय नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यो केही दिनदेखि रिक्त छ,’ उनले भने ।

कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने गरिएको उनले बताए । ‘हामीले परम्परा अनुसार डा.शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्यौं भने पार्टीलाई बल पुग्छ । समन्वय, समझदारी र सहकार्यको अवस्था हुन्छ कि जस्तो मलाई लाग्छ ,’ यादवले भने ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८० श्रावण ४

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP