२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

यी हुन् मन्त्रिपरिषद्‌ बैठकका तीन निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागी हुन इटली जाने भएका छन्।

सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।

एक साताको कार्यक्रमका लागि सहभागी हुने उनको भ्रमण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषिमन्त्री वेदुराम भुसाल पनि रहनेछन्।

यसैगरी मन्त्रिपरिषद् बैडकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय पनि गरेको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP