२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

‘सुदूरपश्चिमकाे बजेट लज्जास्पद आउँदा शिर ठाडो गरेर हिँड्न समस्या भयाे’

कैलाली – नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले प्रदेशकाे बजेट संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेश सभा बैठकमा बजेट माथिको छलफलमा सहभागी हुँदै उनले बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको हुँदा संशोधनको माग गरेको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम राम्रो भए पनि बजेट भने यथार्थपरक आउन नसकेको बताए।

उनले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठासो बनाएर हिँड्ने अवस्था छैन्। संशोधन गरियोस् ।’

उनले नीति तथा कार्यक्रममा कमैयाका छोरा छोरीलाई एमबिबिएस सम्म अध्ययन गराउने नीति लिए पनि बजेटमा भने त्यो उल्लेख नगरेको भन्दै विरोध जनाए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार २८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP