२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

कुन दलबाट को -को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं– सात दलीय गठबन्धन दलले आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।

सोमबारको सहमतिअनुसार एमालेले ४, माओवादीले ३, रास्वपाले ३, राप्रपाले ४ र जनमतले १ गरी १६ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका हुन्। मन्त्रीका लागि आज सत्ता साझेदार दलले पठाएका १६ नाममध्ये १५ अनुहार नयाँ हुन्।

एमालेले सुनसरीकी भगवती चौधरी (मन्त्रालय टुंगो नलागेको), पर्वतका पदम गिरी (स्वास्थ्य), सर्लाहीका हरि उप्रेती (टुंगो नलागेको) र विमला राई पौडेल (परराष्ट्र) मन्त्रीमा पठाएको छ। यी सबै पहिलो पटक मन्त्री बन्न लागेका हुन्। एमालेबाट यसअघि विष्णु पौडेल अर्थ, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई (टुंगो नलागेको) र दामोदर भण्डारी (उद्योग) मन्त्री भइसकेका छन्।


माओवादी केन्द्रले पनि आज मन्त्रीका लागि पठाएका तीन नाम पहिलो पटक मन्त्री बन्न लागेका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले रेखा शर्मा (सञ्चार), सुदन किराँती (पर्यटन) र अमनलाल मोदी (सामान्य प्रशासन) मा पठाएका हुन्। यस्तै सुशीला श्रीपालीको नाम पर्यटन राज्यमन्त्रीमा पठाइएको छ। प्रधानमन्त्री र चार मन्त्रालय पाएको माओवादीबाट यसअघि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो भागमा परेका दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ। रास्वपाले शिक्षामा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीको नाम पठाएको छ। यसअघि पार्टी अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

राप्रपाले उपप्रधान तथा ऊर्जामा अध्यक्ष राजेन्द्र लिङ्देन र कानुनमा ध्रुव प्रधानको नाम पठाएको छ। दीपकबहादुर सिंहको नाम सहरी विकास राज्यमन्त्रीमा पार्टीले सिफारिस गरेको छ। यी तीन पनि पहिलो पटक मन्त्री बन्न लागेका हुन्। राप्रपाबाटै सहरी विकास मन्त्रीका रुपमा पठाएको नाम विक्रम पाण्डे भने सिंहदरबारमा नयाँ होइन।

यस्तै, जनमत पार्टीले पनि आफ्नो भागमा परेको एक मन्त्रालयमा अब्दुल खानको नाम पठाएको छ। उनको मन्त्रालय टुंगो लागेको छैन। पार्टी अध्यक्ष सीके राउतले यसअघि नै मन्त्री नबन्ने घोषणा गरेकामा उनले नयाँ अनुहार सिंहदरबार पठाएका हुन्।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ माघ ३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP