२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, कसले कहाँ जिते (सूचीसहित)

दिपायल- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी तीनमध्ये एक क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा मतगणना नै सुरु भएको छैन ।

त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५५ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान सातरसात क्षेत्रमा जित हासिल गरेका छन् ।

लोकतान्त्रिक समाजवादी (लोसपा)का उमेदवारले चार, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारले एकरएक क्षेत्रमा जितेका छन् । पाँच क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । त्यहाँ नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङको अग्रता कायम छ । उनले चार हजार ५९० मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेकपा (एमाले)की पद्मा अर्यालले तीन हजार ४५५ मत ल्याएकी छन् ।

दोलखा-१ का १० मतदान केन्द्रमा आज पुनः मतदान भएको छ । बाजुरामा अझै मतगणना सुरु भएको छैन । त्यहाँ ठूलो विवाद छ ।

कहाँ कसले जिते ?
नेपाली कांग्रेस
१.मुस्ताङ – योगेश गौचन
२.मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४.काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०.स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा.नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की

नेकपा (एमाले)
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की–३ – दामोदर पौडेल
२६.सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी शाह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. इलाम–२ – सुवास नेम्वाङ
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३.बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२.मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव

नेकपा (एकीकृत समाजवादी)
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१.बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७.रुपन्देही–३ – दीपक बोहरा

जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

राष्ट्रिय जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ मंसिर १५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP